लघुकथा
स्वार्थ र परार्थ
एउटा गाउँमा विदेशी पाहुनाहरू आए । पाहुनाहरूको हातले खाने बानी थिएन । भात खाने बेलामा उनीहरूले चम्चा मागे । गाउँमा चम्चाले खाने चलन थिएन । चम्चाको सट्टा डाडु पनिउँ दिए । उनीहरूले डाडुले खाने बिचार गरे ।
डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले । चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्दा मुखैमा पुर्याउन सकेनन् । यताउति पोखे । उनीहरूले आधाजति खानेकुरा पोखे । आधा पेट भरे र गाउँमा चम्चाको चलन नभएकोमा गिल्ला गर्दै उनीहरू विदा भए ।
केही दिनपछि त्यही गाउँमा विदेशी पाहुनाहरूको अर्को समूह आयो । उनीहरू पनि हातले खाँदैनथे । उनीहरूले पनि काँटा चम्चा मागे । नपाएपछि डाडु पनिउँले थालको भात दाल मुछे ।
तर उनीहरूले आफैले खाएनन् । आमुन्ने सामुन्ने बसेर एकले अर्कोलाई डाडुले ख्वाए । यसरी एक सिता भात नपोखीकन उनीहरूले पेट भरे । अनि एकअर्कोलाई ख्वाएर आपसमा सहयोग र सद्भाव बढाउने अवसर दिएकोमा गाउँलेलाई धन्यवाद दिँदै बिदा भए ।
- विनय कसजू
२०६७ जेठ २, आइतबार ।
लघुकथा
एम्बुलेन्सको देश
बस गुल्ट्यो ।
धेरै मानिस घाइते भए ।
घाइते सबै नेपाली थिए ।
होइन रहेछ ।
कोही नेवार थिए, कोही गुरुङ थिए, कोही तामाङ, कोही बाहुन, कोही क्षेत्री .....।
मानौँ सिँगै नेपालका विविध जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।
समस्या पर्यो उद्धारकर्ताहरूलाई, एम्बुलेन्सको व्यवस्था गर्नेहरूलाई ।
लिम्बु एम्बुलेन्स आयो, घाइते सबै लिम्बुहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।
यादव एम्बुलेन्स आयो, घाइते सबै यादवहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।
तामाङ एम्बुलेन्स आयो घाइते सबै तामाङहरूलाई चिनेर गाडीमा राखेर लग्यो ।
बाहुन एम्बुलेन्स आयो, क्षेत्री एम्बुलेन्स आयो, गुरुङ एम्बुलेन्स आयो ।
नेवार एम्बुलेन्स आयो, मगर एम्बुलेनस आयो, राई एम्बुलेन्स अयो ।
हिन्दु एम्बुलेनस आयो, बौद्ध एम्बुलेन्स आयो ।
क्रिस्चियन एम्बुलेनस आयो, इस्लाम एम्बुलेन्स आयो ।
सबैले आआफ्ना घाइतेलाई अस्पताल पुर्याए ।
तर घाइते अझै बाकी थिए, जसको जात, धर्म, थर, ठेगाना थाहा भएन ।
तर ती सबै नेपाली थिए ।
आखिर उद्धारकर्ताहरूले नेपाल एम्बुलेन्स खोजे ।
तर नेपाल एम्बुलेन्स कतै भेटिएन ।
नेपाल एम्बुलेन्स वर्कसपमा पठाएको कसैलाई सम्झना भएन ।
अभिलेखसमेत भेटिएन ।
- विनय कसज
अगस्ट २९, २००९
फूल र बच्चा
"यी गुलाफका सुन्दर फूलहरु बगैँचामा आफ्नै बोटमा भएको भए राम्रो हुन्थ्यो । किन फूलदानमा सजाउनु भएको होला ?"
"तपाईँको कुरा ठिकै हो । तर मलाई यी गुलाफका फूलहरु साह्रै मनपर्छन् । यसैले दिनदिनै मालीले मेरो टेबुलमा राख्छ । मैले कुन रंगको गुलाफ रुचाउँछु भन्ने हाम्रो मालीलाई थाहा छ ।"
"फूलजस्तै बच्चाहरु पनि त तपाईँलाई मन पर्छ होला नि ?"
"के कुरा गर्नु भएको - बच्चाहरु त मलाई झन मन पर्छ । त्यो पनि सोध्नु पर्ने कुरा हो र ?"
"त्यसो भए किन बच्चाहरुको ..... ?"
- विनय कसजू
२०६५ भदौ ३
लक्ष्य
"यो बाटो कहाँ पुगिन्छ ? "
"तपाईँ कहाँ जान लाग्नु भएको छ ? "
"अहिलेसम्म त कतै जाने विचार गरेको छैन ।"
"त्यसो भए यो बाटोले तपाईँलाई कहीँ पनि पुर्याउँदैन ।"
"किन ? यो बाटो फलानो गाउँमा जान्छ भन्ने टुंगो त होला नि ?"
"बाटोको कुनै टुंगो हुँदैन । टुँगो मानिसको हुन्छ । लक्ष्य नभएको मानिस कहीँ पनि पुग्दैन ।"
- विनय कसजू
साँचल, सानेपा, २०६५ असार १५
लोकतान्त्रिक नेपालमा
संचार शक्ति जनताको हातमा
१) रेडियो तरंग जनताको हो । हरेक
समुदाय, गाउँ, गाविसले रेडियो स्टेसन संचालन गर्न पाउनुपर्छ ।
२) टेलिफोन नेपालीको अधिकार हो । टेलिफोन लाइन किन्न चाहनेले २४ घण्टाभित्र
पाउनुपर्छ ।
३) रेडियो, टेलिभिजन, टेलिफोनलगायत डिजिटल रूपमा रेडियो तरंगबाट चल्ने
सबै सेवा/प्रविधि देशको सबै भागमा निर्वाध रूपमा संचालन गर्नका लागि
राज्यले संचार भूउपग्रह र देशव्यापी संचार संजाल उपलब्ध गराउनुपर्छ
।
४) संचार माध्यम रोज्ने जनताको अधिकार हो । यसका लागि धेरै विकल्प
हुनुपर्छ । जनताले पढ्न, सुन्न वा हेर्न नचाहेका विषयवस्तु पढ्न, सुन्न
हेर्न बाध्य पार्नु हुँदैन ।
५) मिडियामाथि कसैको एकाधिकार हुनुहुँदैन । सरकार, सेना (हतियारधारी
शक्ति), विदेशी कम्पनी, गैरसंचार क्षेत्रमा लगानी गरेका व्यक्ति वा
कम्पनीले मिडिया संचालन गर्नु हुँदैन ।
मिडियाको लोकतन्त्रीकरण पुस्तकबाट
पूरै
पुस्तक हेर्न यहाँ क्लिक गर्नुस् ।
Use of Internet for Democracy,
Development and
Empowerment in Nepal
Despite the adverse situation and poor telecommunication status
of the country there is great enthusiasm among the youth and IT
professionals who have worked to promote the development of IT in
the country from the beginning. As a result, Nepal is gradually
heading towards a state where IT is no more a luxury, but a necessity.
Development agencies and civil societies are already utilizing it
and the policy-makers, bureaucrats and politicians are realizing
that poorer the nation, the greater the importance of IT. It is
capable of promoting development forthe rural poor in a country
like Nepal. Download
full text in PDF file
What IT can do in Nepal? How can it help
the poor?
Power
of IT and Its Use in Nepal is the first book that tries to address
these questions. Published in Nepali language, it explains the technical
and practical aspects of information technology and its significance
for the developing countries like Nepal.
There are two parts in the book. The
first part deals with the theoretical and technical aspects of information
and communication technology and its potentials for development.
The second part covers the potential and challenges of IT in Nepal.
Because of the wide coverage of the topics and simple
style the book is useful for people of all walks of life –
students, researchers, development workers, planners and policy
makers. Read More »
The Community Press in Nepal
Media
concentration in the urban centers does not augur well for strengthening
democracy and enhancing development. Until mass media could play
a vital role in changing the life of the people, they become a waste
of time, energy and precious resources.
Hope lies, however, in the small press functioning in district headquarters
and in the rural and remote areas of the country. They can increase
awareness and deliver relevant information and knowledge to the
masses.
Download full text in PDF file
|