IT for Development (Articles in Nepali)
जनसत्ताको लागि छैटौँ सत्ता
- विनयकुमार कसजू
साठी वर्षघि मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गर्दा इन्टरनेट र मोबाइल फोनजस्ता संचार माध्यमको विकास भएको थिएन तैपनि घोषणापत्र मस्यौदा गर्नेहरूले बडो विचार पुर्याएर धारा १९ मा '..... कुनै सीमाको बन्देजबिना कुनै पनि माध्यमद्वारा सूचना र विचार खोज्ने, पाउने र फैलाउने अधिकार प्रत्येक व्यक्तिलाई हुनेछ' भनेर भविष्यमा गरिने सूचना र संचारका कुनै पनि माध्यमद्वारा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको देखिन्छ । विश्वभरिका मानिसहरूको लागि सूचना र संचारको यस्तो भौतिक सीमानाको बन्देजबिहीन माध्यम र प्रविधिको अधिकारको जुन व्यवस्था धारा १९ ले गरेको थियो त्यसको अधिकतम उपयोग अहिले हुन थालेको छ । फलस्वरूप विश्वका विभिन्न भागमा बस्ने करोडौँ मानिसहरु हरेक क्षण एसएमएस, इमेल, ब्लग, वेबसाइटको माध्यमबाट निजी सन्देश आदानप्रदान गर्नुका साथै मानव समाजमा भएका हरेक गतिविधिको निगरानी, अभिलेखन, प्रतिक्रिया, आलोचना, विचार फैलाइरहेका छन् । नागरिक अधिकार, लोकतान्त्रिक अधिकार मानवअधिकार लगायत मानव कल्याणका हरेक पक्षको सरोकारवाला र रक्षकको रूपमा अनलाइन संचारकर्ताहरुको एउटा नयाँ समुदायको रुपमा विश्वभरि नै नयाँ सत्ताको उदय भएको छ जसलाई अहिले छैटौँ सत्ता पनि भन्ने गरिन्छ ।
पहिलो सत्तामा राजनीतिक शक्तिहरूको वर्चश्व छ । दोस्रो सत्तामा किसान र मजदुरहरू तथा तिनका पेशागत हित हर्ेर्ने संगठनहरू छन् । तेस्रो सत्तामा व्यापार, उद्योग, ठेक्कापट्टा, अन्तर्रर्ााट्रय व्यापार आदि विभिन्न आर्थिक शक्तिहरू पर्छन् । चौथो सत्ता प्रेस वा आमसंचार माध्यम भै हाल्यो । पाँचौँ सत्तामा ग्रीनपिसजस्ता विश्वव्यापी रूपमा परमाणविक हतियार, वातावरण विनास, विश्वीकरणको विरोधमा प्रभावकारी आन्दोलन र अभियान चलाउने राष्ट्रिय र अन्तर्रर्ााट्रय गैरसरकारी संस्थाहरु पर्छन् जसले देशभित्र र अन्तर्रर्ााट्रय रुपमा राष्ट्रिय र बहुराष्ट्रिय आर्थिक तथा अन्य शक्तिहरुको निगरानी गर्नुका साथै मानव हित र उद्धारका योजनाहरु संचालन गरिरहका छन्
छैटौँ सत्ता विश्वभरि छरिएका ती मानिसहरूको हो जो इन्टरनेट, इमेल, मोबाइल फोन तथा संचारका विविध साधनमार्फ आपसमा निकट सर्म्पर्कमा रहिरहन्छन् र विश्वको कुनै पनि भागमा पाँच वटै सत्ताले गर्ने कामको जानकारी लिन्छन्, तिनको निगरानी गर्छन्; एकआपसमा जानकारी बाँडिरहन्छन् तथा संवाद चलाइरहन्छन् । कुनै पनि सत्ताले गल्ती, बदमासी गर्यो भने उनीहरूले तत्कालै स्थानीयदेखि विश्वव्यापी रूपमा आवाज उठाउँछन् ।
छैटौँ सत्ताको उदय सूचना क्रान्तिको फलस्वरूप भएको हो । सूचना तथा संचार प्रविधिमा भएको अभूतपर्ूव विकासले अहिले प्रविधिक रुपले हिमालको टुप्पादेखि उडिरहेको जहाज, गुडिरहेको रेल, पानी जहाज र अप्रिmकाको घाम नछिर्ने जंगलभित्र, संसारको जुनसुकै ठाँउमा बस्ने मानिसहरुले एकआपसमा संचार गर्नसक्छन् । छैटौँ सत्ताका सदस्यहरुको शक्ति र साधन यही हो । छैटौँ सत्ताको उपयोग गर्ने कुनै पनि व्यक्तिमाथि आपतविपत आइलाग्यो वा उनीहरुको मनमा कुनै विचार फुर्यो भने उनीहरूले देशभरि र विश्वभरि पनि आफ्नो कुरा तुरुन्तै पुर्याउन सक्छन् । यो सत्ताको कुनै भाग वा कुनै सदस्यलाई कुनै देशमा बन्द गर्नसकिन्छ तर पूरै सत्तालाई बन्द गर्न सकिन्न । नेपालमा शाही सरकारले केही दिन यो सत्तालाई निष्त्रिmय पार्ने प्रयास गरेको थियो, तर सकेन । अहिले संसारभरि यो शक्ति र साधन उपयोग गर्नेहरुको संख्या आधा अरब पुग्न लागेको अनुमान छ । यो संख्या तीब्र गतिले बढिरहेको छ । मोबाइल फोनको द्रुत विकासले गर्दा यो संख्या अडकल नै गर्न नसकिने गरी बढिरहेको हो । संख्या बढ्नुको सँगसँगै विश्व जनमत निर्माण र अन्तर्रर्ााट्रय दबाव सिर्जना गर्न यो सत्ताको भूमिका बढिरहको छ ।
नेपालमा पनि केही वर्षेखि, विशेष गरी शाही शासन कालमा कसैमाथि अन्याय भएका तथा मानवअधिकार हननका घटनाहरूको समाचार तत्कालै विश्वभरि फैलाउन र ती घटनाहरूबारे आपसमा विश्वव्यापी रूपमा छलफल चलाउन, जतमत तयार पार्न र सरकार र मित्रराष्ट्रहरुलाई दबाव दिन छैटौँ सत्ता पछि परको थिएन । अस्पताल, व्यापार, उद्योग, गैसस आदि अन्य सत्ताका अचाक्ली र अनियमितताको विरोधमा पनि यसले आवाज उठाउन थालेको केही वर्षभइसकेको छ । नेपालमा पनि छैटौँ सत्ताको उपयोग गर्नेहरुको संख्या द्रुत गतिले बढिरहेको छ ।
छैटौँ सत्ताको विकास हुनु भनेको जनताको हातमा संचार शक्ति पुग्नु हो । यसले सरकार, राजनीतिक दल; किसान, उद्योगी, व्यापारी; गैरसरकारी संस्था; स्थानीय, क्षेत्रीय र बहुराष्ट्रिय शक्तिरु र प्रेसलाई पनि जिम्मेवार बन्न र जनताको पक्षमा काम गर्न वाध्य पार्न सक्छ । यो सत्ता बलियो भएमात्र कुनै पनि देशको नागरिक, लोकतान्त्रिक तथा मानवअधिकार सुरक्षित हुनसक्छ भन्ने स्पष्ट हुँदैछ । छैटौँ सत्ताको हाँगाको रुपमा 'हरेक व्यक्ति पत्रकार' को अवधारणा लिएर नागरिक पत्रकारिता -सिटिजन जर्नलिजम) फस्टाउन लागेकोछ ।
छैटौँ सत्ताको काम झट्ट हर्ेदा चौथो सत्ता वा प्रेसको काम वा यसकै विकसित रूपजस्तो देखिन्छ । तर यसको संरचना र काम गर्ने तरिका तथा यसको विश्वव्यापी अभौतिक -भर्चुअल) उपस्थिति आदि पक्षहरूलाई हर्ेदा यसको भूमिका चौथो सत्ताको भन्दा बढी व्यापक छ । अर्कोतिर, प्रेस राज्यका तीन अंगको निगरानी गर्ने र जनतालाई सुसूचित गरेर जनमत तयार गर्ने आफ्नो लोकतान्त्रिक तथा परम्परागत भूमिकाबाट विचलित भएर नाफामुखी हुँदै गएको तथा विकल्पमा इन्टरनेट जस्तो सूचना तथा संचारको अति सजिलो सस्तो र गेटकिपरबिहीन प्रविधिको विकास भएको पर्रि्रेक्षमा छैटौँ सत्ताले चौथो सत्ताभन्दा फराकिलो क्षेत्रमा काम गर्नु स्वाभाविक पनि हो ।
छैटौँ सत्ताका सदस्यहरूले पत्रकारहरूले झैँ समाचार, विचार, लेखहरू लेख्छन् तर अखबार, रेडियो र टेलिभिजनका लागि होइन; ब्लग, वेबसाइट वा इमेलका लागि लेख्छन् । उनीहरू छोटाछोटा सन्देश प्रसार गरेर जीवन्त छलफल चलाउँछन् । साथै मोबाइल फोनमा छोटा सन्देशहरू -एसएमएस) आदानप्रदान अहिले उनीहरूको प्रभावकारी माध्यम बन्दैछ । जनआन्दोलनमा एसएमएसको उपयोग गरेर सत्ता विरोधी कार्यक्रमहरु आयोजना हुन्थे ।
पत्रकार र छैटौँ सत्ताका सदस्यहरूको काम केही फरक छ । पत्रकारहरू प्रकाशन/प्रसारण संस्था, पेशागत आचरण तथा देशभित्रका नियम कानुनमा बाँधिएका हुन्छन् भने छैटौँ सत्ताका सदस्यहरू कुनै संस्थासँग बाँधिएका हुँदैनन् र उनीहरू स्वविवेकको आवाजअनुसार काम गर्छन् । उनीहरू संचार साधनको पहुँच भएका जुनसुकै ठाउँबाट जति बेला पनि काम गर्नसक्छन् । उनीहरूको काममा उमेर, जात, लिंग, वर्ण्र्ाावर्ग, धनी गरिब आदि भेदभाव हुँदैन । उनीहरु कुनै व्यक्ति, समूह, संस्था वा केन्द्रको नियन्त्रणमा हुँदैनन् । कुन विषयमा छलफल चलाउने वा कसको आवाज उठाउने भनेर कसैले अह्राउँदैन । उनीहरु आफूखुशी छलफल गर्छन्, मुद्दा उठाउँछन् । अन्याय अत्याचार र समस्याप्रति प्रतिक्रिया र रोष व्यक्त गर्छन् ।
छैटौँ सत्ता कसैको स्वार्थको लागि प्रयोग हुने सम्भावना निकै थोरै हुन्छ, किन भने हरेक काम पारदर्शी हुन्छ र ठूलो समूहलाई झुक्याउन र ढाँट्न पनि मुस्किल हुन्छ । वास्तवमा यो सत्ता सबैभन्दा उदार र लोकतान्त्रिक सत्ता हो । यो सत्ता जति धेरै बलियो हुनेछ विश्वका अरु सत्ता त्यति कुसल, जिम्मेवार, पारदर्शी र अनुशासित हुन बाध्य हुनेछन् । अहिले यो सत्ताका माध्यम र प्रविधि अमेरिकाजस्ता केही देशका इन्टरनेट र वेबसाइट संचालन गर्ने नाफामुखी कम्पनीहरूको संजालमा टिकेको हुनाले यसलाई ती संस्थाहरुको प्रभावबाट मुक्त गरेर यसमाथि विश्वका सबै देश र जनताको उत्तरदायित्व र अधिकार कायम गर्ने काम बाकी छ ।
नेपालको २०४७ सालको संविधानमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचना पाउने तथा फैलाउने हकको बारेमा स्पष्ट प्रावधान राखिए तापनि ती हक बहाली गर्नका लागि चाहिने माध्यम र प्रविधिमा जनताको अधिकारका बारेमा व्यवस्था थिएन । केवल अखबार र छापाखाना बन्द गर्न नपाइने प्रावधान थियो । गैरसरकारी रेडियो, टेलिभिजन र केबुल टीभी तथा इन्टरनेट र इमेलको निर्वाध उपयोग र तिनको स्वतन्त्रताबारे त्यो संविधान मौन थियो । अन्तरिम संविधानले विचार तथा अभिव्यक्ति साथै प्रेस स्वतन्त्रको उपभोग गर्नको लागि कुनै पनि माध्यम र प्रविधिलाई उपयोग गर्न सकिने कुरा स्पष्ट पारेको छ । यो अधिकार अब नेपाली जनताले व्यवहारमै पाउनका लागि साधन र प्रविधिमाथि विद्यमान नीतिगत, कानुनी तथा प्राविधिक बाधा अड्चन हटाउनु पर्छ । नयाँ नेपालका नेपालीहरुको लोकतान्त्रिक, मानवअधिकार, नागरिक अधिकारहरु बहाली गर्नका लागि विचार र अभिव्यक्ति स्वतन्त्रताले मात्रै पुग्दैन साधन र प्रविधिमाथि जनताको निर्वाध अधिकार कायम नगरी हुँदैन ।
धन्यवाद ।
गोरखापत्र दैनिकमा २०६४ साउन ८ गते प्रकाशित ।
Back |