Author of Children Literature, Journalist and COMMUNITY MEDIA Activist
Vinaya Kasajoo
Vinaya Kasajoo (1947 – 2019) was a prominent journalist, community media activist and writer of children stories.
This website provides free access to his satirical short stories, children stories, books and articles on Literature, Media and Information Technology.
कसजू डट कममा हार्दिक स्वागत !
एकैछिन जनमुखी संचार र साहित्यको संसारमा घुमौँ
यो वेबसाइटका उद्देश्य –
१. लोकतन्त्र र विकासका लागि सूचना तथा संचारका परम्परागत तथा आधुनिक प्रविधिहरू उपयोग बढाउन सघाउने
2. विनय कसजूका साहित्यिक सिर्जनाहरु पस्कने
यो वेबसाइटमा राखिएका पुस्तकहरु व्यक्तिगत प्रयोगका लागि डाउलोड गर्नसिकन्छ । यहाँ भएका लेख रचनाहरू नाफा नकमाउने उद्देश्यले पुन प्रकाशन र प्रसारण गर्नसकिन्छ । कुनै पनि सामग्री पुन प्रयोग गर्दा जानकारी दिनुहोला । धन्यवाद ।
Welcome to Pro-people Media & Literary Works of Vinaya Kasajoo
This website provides free access to his books and articles on Literature, Media and Information Technology.
The main objective:
1. Promotion of Pro-people Media, including ICT, for Empowerment of the rural and poor people.
2. Provide literary articles of Vinaya Kasajoo.
Children STORY Books
Satirical Stories
OTHER BOOKS
Books on Vinaya Kasajoo
Smritima Vinaya
Editor – Pramod Pradhan
Memoirs of Vinaya Kasajoo written by various authors of children literature and edited by Pramod Pradhan.
Binayashil Vinaya by Bijay Raj Acharya
Memoirs of VInaya Kasajoo written by Bijay Raj Acharya
Vinaya Kasajoo Ka Laghukatha Sirjana Ra Bibechana
Collection of all the satirical stories (Laghu Katha) written by Vinaya Kasajoo.
Editor: Dr. Pushkar Raj Bhatta
AVAILABLE IN BOOKSTORES ALL OVER NEPAL
Vinaya Kasajoo Ka Laghukatha
Sirjana Ra Bibechana
Collection of all the satirical stories writted by Vinaya Kasajoo reviewed by Dr. Pushkarraj Bhatta.


लघुकथा – अनर्थ
-विनय कसजू (२०५६।२।१३)
सप्ताहव्यापी पुराण चलिरहेको थियो । व्यास–आसनमा बसेका पुराणवाचक पण्डित बडा रसिक थिए । गणेश पनि उत्तिकै रमाइला देखिन्थे । दुबै जनाको हाउभाउले श्रोताहरु मख्ख पर्थे । पुराण सुनेको भारा लाग्छ भनेर भक्तजनहरुले पूजाको थालमा थरीथरीका प्रसाद ल्याउँथे ।
आँप फल्ने बेला भएको थियो । एक जना भक्तले भर्खर पाकेको ठूलो पहेँलो बम्बै आँप पूजाको थालमा सजाएर ल्याएको थियो । व्यास र गणेश दुबैजनाको आँखा एकैचोटि त्यो आँपमाथि प¥यो ।
व्यासले महाभारतको कथा सुनाउन थाले ।
“अनि भगवान श्रीकृष्णले कौमुदी शंख बजाउनु भयो” भन्दै उनले हात मुखमा लगेर शंख बजाएको अभिनय गरे । व्यासको सुरमा गणेशले पनि पूजाको थालबाट बम्बै आँप ट्याप्प टिपेर शंख बजाएको अभिनय गर्दै आँप जुठो पारे ।
यो देखेर व्यासले रिसले आँखा देखेनन् । “अनि भीमसेनले बज्र जस्तो कठोर गदाले दुर्याेधनको छातीमा प्रहार गरे ” भन्दै उनले गणेशको छातीमा मुक्का प्रहार गरे । व्यासको मुक्का लागेर गणेश ढलेको देखेर भक्तजनहरु “अनर्थ भयो, अनर्थ भयो” भन्दै व्यास र गणेशलाई छुट्याउन दौडे ।
टिप्पणी
कथाकार विनयकुमार कसजू नेपाली लघुकथाका एक बलिया स्तम्भ हुन् । प्रगतिशील दृष्टिकोण रहेको हुँदा उनले आफ्ना कथाहरुमा आर्थिक शोषण, सामाजिक असन्तुलन वा विषमता र मानिसभित्रको पाशविक प्रवित्तिप्रति घोर विद्रोह व्यक्त गरेर आत्मपरक आलोचनाबाट वस्तु वा मान्यताको मूल्यांकन गरेका छन् । उनका लघुकथाको संरचनालाई हेर्दा के पाइन्छ भने उनले सारवस्तुमूलक (Thematic) कथाको ढाँचामा अन्तिम सन्दर्भलाई प्रभावकारी बनाएर गहन अर्थको प्रतिपादन गरेका छन् । त्यसैले कथामा आत्मपरक भएर मात्र नपुगी उनी बौद्धिक र चिन्तनशीलसमेत भएर पाठकसमक्ष प्रस्तुत हुन मन पराउँछन् भन्ने कुरो उनकादुई लघुकथा संग्रहहरु क्रमशः पशुतन्त्र (२०३९) र लिस्नो (२०५३) पढ्दा हामीलाई थाहा लाग्दछ । उनको कथा–संरचनामा पाइने विशेषताहरु हुन् — मिथकको प्रयोग, मानवेतर पात्रको उपस्थिति, अन्योक्तिमूलक (Allegorical) अर्थको उचाइ र आन्तरिक तथा बाह्य दुवै दृष्टिविन्दुको सुन्दर प्रयोगद्वारा कथामा रोचकताको सिर्जना ।
– डा. दयाराम श्रेष्ठ
नेपाली लघुकथाको ऐतिहासिक पृष्ठभूमि तथा स्वरुप
मधुपर्क मासिक, लघुकथा अंक, भदौ २०५६
धेरै कुरा छोटो रुपमा र प्रभावकारी ढंगमा भन्नसक्नु पक्कै ठूलो खुबी हो । यो कुरा धेरै अभ्यास र गहिरो जीवनानुभवबाट मात्र गर्न सकिने हुन्छ । यस्तो कलामा आफूलाई अभ्यासरत राख्ने थोरै नेपाली कलाकर्मीहरु छन् । र तीमध्ये एउटा नाम हो विनयकुमार कसजू । उनका लघुकथा साँच्चै साह्रै छोटा कथाका नमूना हुन् ।
विनय कसजूका अधिकांश कथाहरु हेर्दा उनको सक्षिप्त शैलीले उनको खु्बीलाई प्रदर्शन
गर्दछ । उनका कथाहरुको आस्वादनपछि कताकता उनलाई खलिल जिब्रानसँग तुलना गर्न मन लाग्छ । उनका कथाहरुमा प्रयुक्त पात्रहरु मानिस, पशु, बनस्पति र निर्जीव वस्तुहरु छन् तापनि तिनका निर्दिष्ट लक्ष्य नेपाली समाजमा र अझ व्यापक अर्थमा भन्दा मानव समाजमा केन्द्रित रहेकोछ । समाजमा घटित घटनालाई पृष्ठभूमि बनाई रचिएका कथाहरुले समाजको अन्तर संरचना र दूषित संस्कार तथा मान्यताहरुलाई उदांग पार्न सक्षम भएका छन् । साधारण घटनाक्रमलाई सरल र सुबोध भाषाको माध्यमबाट पाठकहरुलाई डोर्याउँदै अचानक गम्भीर अर्थ र अभेद्य समस्याको खाडलमा पुर्याइ दिनु उनका लघुकथाको विशेषता हो । त्यसैले उनका कथाहरुको अध्ययन गर्दा जुनसुकै कथामा पनि पाठकले अन्तरअर्थको आविष्कारमा आफ्ना समयलाई खर्चने गर्छन् ।
– रामहरी पौडेल
पशुतन्त्रका विष्णु शर्मा – विनय कसजू
लघुकथा
लघुकथा – अनर्थ
-विनय कसजू (२०५६।२।१३) सप्ताहव्यापी पुराण चलिरहेको थियो । व्यास–आसनमा बसेका पुराणवाचक पण्डित बडा रसिक थिए । गणेश पनि उत्तिकै रमाइला देखिन्थे । दुबै जनाको हाउभाउले श्रोताहरु मख्ख पर्थे । पुराण सुनेको भारा लाग्छ भनेर भक्तजनहरुले पूजाको थालमा थरीथरीका प्रसाद ल्याउँथे ।...
लघुकथा – ग्लोबल हाइवे
संसारलाई एउटै राजमार्गले जोडने अन्तर्राष्ट्रिय योजना बन्यो । राजमार्गले सकेसम्म सबै राष्ट्रलाई छोओस भन्ने उद्देश्य राखेको हुनाले त्यसको सानो हिस्सा नेपालमा पनि पर्ने भयो । जुन जिल्ला र गाउँहरु भएर राजमार्ग गुज्रने भयो त्यहाँका जनता निक्कै खुशी भए । अचानक ती ठाउँको...
लघुकथा – एम्बुलेन्सको देश
बस गुल्ट्यो ।धेरै मानिस घाइते भए ।घाइते सबै नेपाली थिए ।होइन रहेछ ।कोही नेवार थिए, कोही गुरुङ थिए, कोही तामाङ, कोही बाहुन, कोही क्षेत्री .....।मानौँ सिँगै नेपालका विविध जातजातिको प्रतिनिधित्व बसभित्र थियो ।समस्या पर्यो उद्धारकर्ताहरूलाई, एम्बुलेन्सको व्यवस्था...
Children Story Books
Children Stories
By Vinaya Kasajoo
मामु बुझ्नुहुन्न
-विनयकुमार कसजू ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ ‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’ मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ । तर आज मामु धेरै रिसाउनुभयो । स्कुलबाट आउने बित्तिकै मामुले मलाई खाजा दिनुहुन्थ्यो । तर, आज दिनु भएन । उहाँ टेलिभिजन...
इन्द्रेनी गाई
-विनयकुमार कसजू होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए । रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका...
बनको दमकल
-विनयकुमार कसजू कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।...