१) रेडियो तरंग जनताको हो । हरेक समुदाय, गाउँ, गाविसले रेडियो स्टेसन संचालन गर्न पाउनुपर्छ ।
२) टेलिफोन नेपालीको अधिकार हो । टेलिफोन लाइन किन्न चाहनेले २४ घण्टाभित्र पाउनुपर्छ ।
३) रेडियो, टेलिभिजन, टेलिफोनलगायत डिजिटल रूपमा रेडियो तरंगबाट चल्ने सबै सेवा/प्रविधि देशको सबै भागमा निर्वाध रूपमा संचालन गर्नका लागि राज्यले संचार भूउपग्रह र देशव्यापी संचार संजाल उपलब्ध गराउनुपर्छ ।
४) संचार माध्यम रोज्ने जनताको अधिकार हो । यसका लागि धेरै विकल्प हुनुपर्छ । जनताले पढ्न, सुन्न वा हेर्न नचाहेका विषयवस्तु पढ्न, सुन्न हेर्न बाध्य पार्नु हुँदैन ।
५) मिडियामाथि कसैको एकाधिकार हुनुहुँदैन । सरकार, सेना (हतियारधारी शक्ति), विदेशी कम्पनी, गैरसंचार क्षेत्रमा लगानी गरेका व्यक्ति वा कम्पनीले मिडिया संचालन गर्नु हुँदैन ।
मिडियाको लोकतन्त्रीकरण पुस्तकबाट