Children Stories
By Vinaya Kasajoo
मामु बुझ्नुहुन्न
-विनयकुमार कसजू ‘बाबु, होमवर्क सिध्यायौ ? ’ ‘अघि नै सिध्याइसकेँ मामु !’ ‘त्यसो भए अब किताब पढ । गेम खेलेर नबस ।’ ‘खेलेको छैन मामु । बुवाको इमेल आएको छ कि चेक गर्दैछु ।’ मामु सधैं यस्तै भन्नुहुन्छ । मेरो जवाफ पनि यस्तै हुन्छ । तर आज मामु धेरै रिसाउनुभयो । स्कुलबाट आउने बित्तिकै मामुले मलाई खाजा दिनुहुन्थ्यो । तर, आज दिनु भएन । उहाँ टेलिभिजन...
इन्द्रेनी गाई
-विनयकुमार कसजू होलीको दिन थियो । केटाकेटीहरू रङ हान्ने खेल खेलिरहेका थिए । कोही घरमाथि बुर्जाबाट ब्यालुनमा रङ भरेका लोलाले तल बाटो हिँड्नेहरूलाई हान्दै थिए । कोही पिचकारीमा रङ भरेर आपसमा रङ छ्यापिरहेका थिए । उनीहरूले पिचकारीमा रातो, निलो, पहेँलो, हरियो विभिन्न रङ प्रयोग गरिरहेका थिए । रङका लोला र पिचकारीबाट जोगिन मानिसहरू सडकमा निस्कन डराइरहेका...
बनको दमकल
-विनयकुमार कसजू कालु कौवाले आफूलाई निक्कै चलाख ठान्थ्यो । उसले बनको माझमा अग्लो रुखमा गुँड बनाएको थियो । त्यो रुखमा ढुकुर, चिबे, सारौँ, टोकटोकेजस्ता चराहरूले पनि गुँड बनाएका थिए । काले कौवाको गुँड सबैभन्दा माथि रुखको टुप्पामा थियो । कसैले गुँडमा भर्खर फुल पार्न थालेका थिए भने कसैले कोरल्दै थिए । काले कौवाको फुलबाट भने चल्लाहरू निस्किसकेका थिए ।...
ढड्डु मुसाको बकबक
-विनयकुमार कसजू कथा नसुनी मायालाई निँद लाग्दैनथ्यो । साँझ दूधभात खाएपछि ऊ ओछ्यानमा पल्टन्थी । अनि मैले उसलाई कथा सुनाउँथेँः "राजकुमारीले भ्यागुतोलाई माया गरेर म्वाई खाई । अचानक भ्यागुताको रुप फेरियो । राजकुमारीको हातबाट भ्यागुता बिलायो । उसको अगाडि सुन्दर राजकुमार उभियो । ......." ऊ यस्तै कथा सुन्न रुचाउँथी । तर कथा टुंगिन नपाउँदै माया...
चौँरीखर्कमा ऊँट
-विनयकुमार कसजू "दसैंमा घर आउँदा ऊँटका एक जोडी पाठापाठी तपाईंसँगै हवाइजहाजमा राखेर लिएर आउनू है," विकासले बालाई फोनबाट आफ्नो माग सुनायो। बाले हाँस्दै भने, "पहाडमा पनि ऊँट बाँच्छ र छोरा? खेलौना ऊँट ल्याउने भए ल्याइदिन्छु।" बाको कुरा विकासले के मान्थ्यो? "हाम्रो चौँरी गोठमा बस्छ, चौँरीले खाने घाँस कुँडो त्यसले पनि खान्छ," उसले ऊँट जसरी पनि लिएर आउन...
बोकाको आत्मकथा
-विनयकुमार कसजू मलाई बजैले काठामाडौँ लैजान्छु भनेको पोहोरै हो । तर यसपालीको दशैँमा त पक्कै लैजान्छु भनेकी छिन् । काठमाडौँ गएर रामुलाई भेट्ने मेरो ठूलो रहर छ । रामु मेरो सानैदेखिको साथी हो । म उसकै घरमा जन्मेर हुर्केको हुँ । मेरी आमाको पेटबाट एकै बेतमा हामी चार वटा पाठापाठी जन्मेका थियौँ । दुइटा निख्खुर काला थिए एउटा सेतो थियो । म भनेँ मृगजस्तो...
मानिसलाई कसरी चिन्ने ?
-विनयकुमार कसजू मृगले आफ्ना पाठाहरूलाई शिक्षा दिँदै थिई । शिक्षाको मूल विषय हिंसक र अहिंसक जीव कसरी छुटयाउने भन्ने थियो । अन्त्यमा मृगले पाठाहरूलाई सोध्न थालीः मृगः बाघ के हो ?पाठाः बाघ हिंसक जीव हो किनकि उसको दाह्रा र नंग्रा हुन्छ ।मृगः ठिक भन्यौ । हामीहरू बाघसँग जोगिनु पर्छ । व्वांसो के हो भन त ।पाठाः त्यो पनि हिंसक जीव हो । त्यसको पनि तीखा...
बाघको सत्कार
-विनय कसजू चितवनको जंगलमा बस्ने एकसिंगे गैँडा बाघसँग सँधै तर्केर हिँड्थ्यो । तर एक दिन बाघले उसलाई भोज खान निम्तो गर्दा गैँडा छक्कै पर्यो । बाघले गैँडालाई जहान परिवारसहित भोज खान बोलाएको थियो । गैँडाले जाने कि नजाने निधो गर्नसकेन । उसकी श्रीमतीले भनिन्, "जे भए पनि निम्तोको अपमान गर्न हुँदैन । जाँदैमा केही बिग्रन्न ।" छोरी गैँडा अलि हच्किन् । के...
बिरालो बन्न नचाहने मुसा
-विनय कसजू “तिमीलाई कसैले बिरालो बनाइदिन्छु भन्यो भने बन्छौ ?” दुब्ले मुसाले मोटे मुसासँग सोध्यो । “किन नबन्नु ? सँधै बिरालोले मार्ला भन्ने डर र त्रासमा बाँच्नु भन्दा त बिरालो नै बन्न पाए त झन बेस भयो नि । तर कसले बनाउँछ हामीलाई बिरालो ?” मोटे मुसाले जान्न खोज्यो । दुब्लेले भन्यो, “एउटा साथी आएको छ । उसले भनेको हामी सबै मुसाहरु एक गठ भएर...
विरालोको सम्मान
-विनय कसजू "विरालोको घाँटीमा घण्टी बाँध्ने समस्याले हामीलाई कहिल्यै छोडेन । अब यो कुरामा समय खेर नफालौँ । बरु सकिन्छ भने अरु कुनै उपाय निकालौँ ।" दाह्रीवाल मुसाले जुँगा मुसार्दै भन्यो । "यो हामी मुसा जातिको जीवनमरणको समस्या हो । यस्तो महत्वपूर्ण समस्यालाई त्यत्तिकै छाडन कहाँ हुन्छ ?" तन्नेरी मुसाले कुरा काट्यो । "हामीभन्दा पहिले पनि यो विषयमा...
विरालोको घाँटीमा घण्टी
लुकी मुसा दराजभित्र बसेर टेलिभिजन हेर्दै थियो । बैठक कोठामा सरेदेखि लुकीलाई धेरै कुरामा सजिलो भएको थियो । बैठकमा आएका पाहुनाले खाएर छोडेको वा खसालेको खानेकुराले उसको पेट भरिन्थ्यो भने बिरालोबाट जोगिन पनि सजिलो थियो । बैठक कोठामा राखेको सिसाको खापा भएको किताब राख्ने दराजभित्र उसले आफ्नो न्यानो घर बनाएको थियो । त्यसमाथि थप मज्जा के थियो भने दराजको...
Vinaya’s Childhood Memories
By Vinaya Kasajoo
त्यो तिब्बती घोडा (म सानो छँदा)
तानसेनमा जन्मे पनि गुल्मीको रिडीमा मेरो बालककाल बित्यो । कालीगण्डकी र रिडी खोलाको सङ्गम हुनाले पनि रिडी निकै सुन्दर थियो । ठूला मान्छे कालीगण्डकीमा र हामी सानाहरू रिडीखोलामा पौडी खेल्थ्यौँ । मानिसहरू खोलाको गहिरो रहमा बम हानेर माछा मार्थे । हामी माछा खोज्थ्यौँ । गुरुले चाहिँ पौडी खेलेको थाहा पाए सजाय दिनुहुन्थ्यो । एकदिन दिउँसो श्यामकुमार दाइ र म...











