Home Page of Kasajoo.com Vinaya Kasajoo, a littérateur, journalist, community media activist and Ashoka Fellow working for Pro-people Media in Nepal.
Home Page of kasajoo.com
Home
Media
Pro-people Media - Nepali
आमसञ्चारसम्बन्धी लेख
Pro-people Media - English
IT for Development - English
IT for Development - Nepali
Literature
Tweeter Stories Nepali
Short Short Stories - English
Short Short Stories - Nepali
Children's Stories - English
Children's Stories - Nepali
Feature Articles - English
Feature Articles - Nepali
Publications
Profile
Feedback
Contact

Public Service Broadcasting: A Best Practices SOURCEBOOK


Code of Conduct for Radio Operators Nepal 2008 रेडियो संचालकहरूका लागि आचार संहिता २००८


A Sleeping Bag for
Mr. Fox

A Collection of Flash Fictions
Author: Vinaya Kasajoo
Publisher: Bibek Sirjanshil Publication, Nepal
Price NRs. 75.00

बालसंसार Children's World
Media & Literature for Children»

बाल भित्तेपत्रिका तालिम निर्देशिका

 

 

 



डाउनलोड गर्नुस्

उच्चस्तरीय मिडिया सुझाव आयोगको प्रतिवेदन २०६३
हेर्न र डाउलोड गर्न यहाँ क्लिक गर्नुस्

 

 
मिडियाको लोकतन्त्रीकरण
Democratization of Media
लोकतान्त्रिक नेपालमा जनतको हातमा संचार अधिकार कस्तो र कसरी विषयमा देशव्यापी छलफल चलाउनका लागि पुस्तक ।
यहाँ क्लिक गरेर यो पूरै पुस्तक डाउनलोड गर्न सक्नुहुन्छ । ४८ पृष्ठको यो पुस्तक पच्चिस रुपैयाँमा बजारमा किन्न पाइन्छ ।

जनसंचार र प्रजातन्त्रीकरण नेपालको सन्दर्भमा एक अध्ययन
सर्वांगीण विकास अध्ययन केन्द्रले २०५३ सालमा प्रकाशित गरेको अध्ययन प्रतिवेदनको परिशिष्टमा दिइएको

नेपालमा जनसंचारको विकासक्रमः संक्षिप्त इतिहास PDF मा जंगबहादुरको गिद्धेप्रेसदेखि गाउँले पत्रिका देउरालीसम्मको कालक्रम थाहा पाउन यहाँ क्लिक गर्नुस् ।

सामुदायिक रेडियो हाते किताब (निर्देशिका)
युनेस्कोद्वारा प्रकाशित तथा विनय कसजूद्वारा अनुदित यो सचित्र पुस्तकको चित्रबिनाको पाठ्य सामग्रीमात्र हेर्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुस् ।

द नेट फर जर्नलिस्ट पत्रकारहरूका लागि इन्टरनेटको उपयोग गर्न सिकाउने यो पुस्तकले आफूलाई चाहिने जानकारी, सूचना कहाँबाट र कसरी पाउने भन्ने मात्रै सिकाउँदैन, त्यसरी पाएको सूचनालाई कसरी मूल्यांकन गर्ने र आधिकारिकता पत्ता लगाउने भन्ने पनि सिकाउँछ । यसमा पत्रकार आफैले ब्लग, इन्टरनेट फोन, पोडकास्टिङ (इन्टरनेटबाट रेडियो प्रसारण) आदि संचालन गर्न पनि सिकाइएको छ । यो किताब किन्दा सँगै एउटा तालिम निर्देशिका र सफ्टवेयरसहितको सीडी पनि पाइन्छ ।

विकासशील देशका छापा र प्रसारण पत्रकारहरू तथा पत्रकारिताका विद्यार्थीहरूका लागि लक्षित गरी युनेस्कोले थम्सन फाउण्डेसन र कमलवेल्थ ब्रोडकास्टिङ एसोसिएसनसँग मिलेर तयार पारेको यो पुस्तक आफ्नो कम्प्युटरमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुस यसको लागि पैसा लाग्दैन । यसको साइज 2.09 MB छ । यो किताबमा भएका सामग्रीहरू उपयोग गर्नका लागि प्रकाशकको अनुमति लिनुपर्छ ।


हाउ टु डु कम्युनिटी रेडियो

फिलिपिन्समा सामुदयिक रेडियोका अगुवा लुइ ताबिङद्वारा लिखित तथा युनेस्कोद्वारा प्रकाशित सामुदायिक रेडियो चलाउनका लागि आधारभूत पुस्तक । यो पुस्तकमा भएका सामग्री उपयोग गर्दा लेखक र प्रकाशकको अनुमति लिनुहोला । यहाँ क्लिक गरेर पुस्तक डाउनलोड गर्नसकिन्छ ।
Click here to Download PDF


कम्युनिटी रेडियो द पिपुल्स भ्वाइस
सामुदायिक रेडियोको क्षेत्रमा गहकिलो अनुभव बटुलेको देश दक्षिण अफ्रिकाको अनुभवमा आधारित तथा दक्षिण अफ्रिकाका ६ जना लेखकले लेखेको यो पुस्तक सामुदायिक रेडियो स्थापना र संचालन गर्न खोज्नेहरूका लागि निक्कै उपयोगी छ । लेखक र प्रकाशकको लिखित अनुमित नलिई पुस्तकको कुनै पनि अंशको पुनः उपयोग गर्न सकिन्न । तर नाफा कमाउने उद्देश्य नराखी पुस्तकका केही अंश उपयोग गर्न सकिन्छ । यहाँ क्लिक गरेर पुस्तक डाउनलोड गर्न सकिन्छ । ।
Click Here to Download PDF
सामुदायिक रेडियोको विश्वभरि परेको सामाजिक प्रभावको एमार्कले गरेको अध्ययन र मूल्यांकन हेर्नुहोस् ।

Recent Books of
Vinaya Kasajoo


Baal Katha Lekhan
(How to Write Kids' Stories)
Visit www.balsansar.com


Baghko Satkar
(Stories for Children in Nepali Language)
 

Click here to Download PDF

Musa lai Dosalla
ra Aru Bal Kathaharu
(In Honour of a Rat and Other Stories for Children)

 
Rights & Responsibilities of Journalists
A Handbook Produced by Centre for Media Rights (CMR), Nepal with the support of Nepal Media and Demoractic Strengthening Project/IMPACS
 
A presentation of Dreams & Ideas : Service Provider of Web, Print & Multimedia
 

IT for Development (Articles in Nepali)

विचार/विवेचना
रेडियो र मोबाइल फोनको मेल
विनय कसजू
गोरखापत्र दैनिक २०६५ भदौ ६ गते
नेपालमा मोबाइल फोन द्रुत गतिले सर्वव्यापी र सर्वसुलभ हुदैछ । यसको परिणाम विभिन्न क्षेत्रमा विभिन्न रूपमा देखिनथालेको छ । एउटा महत्त्वपूर्ण र धेरै सम्भावना बोकेको क्षेत्र हो मोबाइल फोन र रेडियोको मेल । यसका प्रमुख कारण हुन् नेपालका एफएम रेडियोको अप्रत्यासित विकास र विस्तार तथा दूरसञ्चारका प्रविधि र माध्यमहरूमा भएको अकल्पनीय प्रगति । साथै मोबाइल फोनमा निरन्तर थपिादै गएको सुविधाले गर्दा नेपालका दुर्गम क्षेत्रमा पनि यसले फड्को मार्ने निश्चित छ ।

जहााबाट, जसले पनि र जहिले पनि कुरा गर्न सकिने सञ्चार साधनको रूपमा विकसित मोबाइल फोनले अब कुरा गर्ने भन्दा पनि लिखित वा पाठ्य सन्देश आदानप्रदान र प्रसारण गर्ने साधनको रूप लिदैछ । मोबाइल फोनमा थपिएको यो विशेष गुणले गर्दा यसको उपयोगिता धेरै गुना बढेको छ । यसलाई बैंकको चेक, प्रवेशपत्र/टिकेट, हवाइजहाज लगायत विभिन्न सवारी साधनको यात्राको टिकट, बैंक कारोबार/रकम स्थानान्तरण, डाक्टरको प्रेसक्रिप्सन, राशिफल, हेडलाइन समाचार, मौसमको जानकारी, बजारभाउ, सभा, सम्मेलन वा विरोध कार्यक्रमका लागि आहृवान इत्यादि अनेकौा काममा प्रयोग गर्न थालिएको छ । नेपालका टेलिभिजन र रेडियोहरूले मोबाइल फोनलाई जनमत सर्वेक्षण र मत संकलनको काममा पयोग गर्नथालेको धेरै भइसकेको छ । भारतका गाउमा यसलाई दूरशिक्षाको रूपमा पनि प्रयोग गर्ने परीक्षण हुादैछ ।

मोबाइल फोनका उल्लेख गरिएका गुणहरूलाई आर्थिक, राजनीतिक, यातायात, चिकित्सा शिक्षा तथा अरु पनि क्षेत्रले नयानया तरिकाले उपयोग गर्ने प्रयास र प्रयोगहरू बढिरहेका छन् । यहा नेपालको सन्दर्भमा एफएम रेडियोहरूसाग मोबाइल फोनको मेलबाट गर्न सकिने केही नया प्रयोगबारे चर्चा गर्न खोजिएको छ ।

अचेल प्रायः सबै रेडियो स्टेसनहरूले समाचार प्रसार गरिरहेका छन् । जिल्लाका रेडियो स्टेसनहरूले प्रसार गर्ने समाचारमा अन्तर्राष्ट्रिय, राष्ट्रिय समाचारको तुलनामा स्थानीय समाचारको परिमाण निरन्तर बढिरहको छ । मोबाइल फोनले गर्दा स्थानीय समाचारमा रेडियोको पहाुच बढेको स्पष्ट छ । गाउठाउमा खटिएका पत्रकारहरूलाई मोबाइल फोनबिना काम गर्नु अब असम्भव जस्तै भएको छ

मोबाइल फोनबाट कुरा गर्नुभन्दा छोटा सन्देश एसएमएस पठाउनु निक्कै सस्तो हुने भएकाले यसको प्रचलन धेरै हुनथालेको छ । रेडियो रिपोर्टरहरूले समाचार पठाउादा स्टेसनको खर्च लाग्ने गरी पठाउनका लागि पहिले एसएमएस गरेर समाचारको विषय वा शीर्षक पठाउने र स्टेसनबाट रिपोर्टरलाई मोबाइल फोनमा सम्पर्क गरी समाचार टिप्ने गरिन्छ । कसैकसैले मिस कल वा ब्ल्यांक कल गरेर स्टेसनलाई फोन सम्पर्क गर्न अनुरोध गर्ने वा संकेत दिने गरेको पनि पाइन्छ । तैपनि नेपालका रेडियो स्टेसनले मोबाइल फोनलाई प्रयोग गर्ने प्रचलन अहिले प्रारम्भिक र अनौपचारिक अवस्थामै छ ।

अब नेपाली भाषामा पनि मोबाइल फोनबाट सन्देश र सानातिना चित्रहरू पठाउन सम्भव छ । रेडियो स्टेसनबाट प्रसारित आवाज अथवा रेडियो कार्यक्रम मोबाइल फोनमा सुन्ने व्यवस्था त छादैछ । अब रेडियो स्टेसनले छोटाछोटा समाचार एसएमएसको रूपमा एकै चोटि हजारौा मोबाइल फोनमा पठाउन सक्छ । यो सेवा प्रदान गरेर रेडियो स्टेसनले आयस्रोत बढाउन सक्छ ।

रेडियो कार्यक्रम उत्पादक तथा सञ्चालकहरूले रेडियोबाट आफ्नो वा सम्बन्धित विभागको मोबाइल फोन नम्बर प्रसार गरेर कार्यक्रमको प्रतिक्रिया, फिडब्याक, गीत, सङ्गीत वा अन्य कार्यक्रम बजाउने वा दोहोर्‍याएर प्रसार गर्ने फर्माइस, कुनै विषयको जिज्ञासा वा प्रश्न, कुनै सामान वा सेवाको मूल्य/भाउबारे एसएमएस गरी पठाउन अनुरोध गर्न सक्छन् । यसरी एसएमएस पठाउादा रेडियो स्टेसनले नै फोनको खर्च व्यहोर्ने व्यवस्था पनि गर्न सकिन्छ । नेपालमा केही स्टेसनले यो सेवा सुरु गरिसकेका छन् । रेडियो स्टेसनलाई श्रोतासाग सक्रिय सम्बन्घ बनाउने इन्टरएक्टिभ साधनको रूपमा मोबाइल फोनलाई प्रयोग गर्न थालिएको छ ।

पाल्पा र वरिपरिका जिल्लामा मोबाइल फोनको पहुाच बढेपछि सामुदायिक रेडियो मदनपोखराको कार्यक्रममा मोबाइल फोनको उपयोग निरन्तर बढिरहेको छ । श्रोताहरूले रेडियोबाट प्रसारण भइरहेको कार्यक्रम बारेमा मोबाइल फोन र एसएमएसबाट तात्तातै प्रतिक्रिया पठाउन थालेका छन् । पाल्पा, गुल्मी र अर्घाखााची जिल्लामा सवारी साधन चलाउने चालक र यात्रुहरूलाई लक्षित गरी चलाइएको 'सवारी यात्रा' यस्तै कार्यक्रम हो, जसमा चालक र यात्रुहरू दुवैले कार्यक्रम सुन्दै मोबाइल फोनबाट गीत फर्माइस, जनमत अभिव्यक्ति र फिडब्याक पठाउाछन् । प्रमुख कार्यक्रम उत्पादक राजेश अर्यालका अनुसार पैातालिस मिनेटको यो रेडियो कार्यक्रमसाग सम्बन्धित एक दिनमा कम्तीमा पनि सवा दुई सय एसएमएस प्राप्त हुन्छ ।

"सवारी साधन चलाउादै मोबाइलमा गफ गर्ने चालकको व्यवहार कस्तो लाग्छ ? विकल्प रोज्नुहोस् क) नयाा खबर बुझ्ने शैली ख) मोबाइल देखाउने चाल ।" २०६५ साउन ३० गते 'सवारी यात्रा' कार्यक्रममा सोधिएको यो प्रश्न सोध्न नभ्याउादै कार्यक्रम सञ्चालिका यमुना सारुको मोबाइल फोनमा एसएमएसको ओइरो लाग्नथाल्यो । पहिलो एसएमएस बस चालक शिव बस्यालको थियो । उनी पाल्पा झाडेवाबाट तानसेन बस चलाउादै थिए । देउगीरमा बस रोकेर उनले विकल्प -क) रोजेको एसएमएस पठाए । स्याङ्जा पुतलीबजारमा गाडीमा तेल हाल्दै गरेका शमशेर गुरुङले र स्याङ्जा बजार जाादै गर्दा चालक तोयनाथ न्यौपानेले पनि यस्तै एसएमएस पठाए । यस्ता थुप्रै एसएमएस पाल्पा र वरिपरिका जिल्लाबाट आएका थिए ।

रेडियो स्टेसनलाई चिठी लेखेर हुलाकबाट पठाउनुभन्दा मोबाइल फोनबाट कुरा गरेर वा एसएमएसबाट प्रतिक्रिया पठाउादा स्टेसनले आफ्नो कुरा चााडै पूरा गर्ने गरेको अनुभव अन्य श्रोताको पनि छ । हुलाकभन्दा मोबाइल फोन नै सस्तो र प्रभावकारी हुन्छ भन्ने श्रोताहरूको भनाइ छ । फलस्वरूप श्रोताहरूको संख्या र सहभागिता पनि बढिरहेको छ ।

रेडियो स्टेसनले मोबाइल फोनलाई अनगिन्ती तरिकाले उपयोग गर्न सक्छ । अपि|mकी देश कङ्गोको एउटा स्टेसनले कानुनी परामर्शका साथै युद्धको बेलामा सेना र विद्रोहीले गर्ने व्यवहारको बारेमा स्रोताहरूले एसएमएसमा पठाएका प्रश्नको जवाफ दिने गरेको छ । रेडियो स्टेसनहरूले आफ्ना कार्यक्रमको छोटकरी वा सांकेतिक नाम दिएर श्रोताहरूका लागि एसएमएस पठाउन सजिलो पार्न पनि सक्छन् । जस्तै रेडियोको प्रमुख कार्यक्रम थाहा पाउनका लागि पीआरओ, समाचारको लागि एनडब्लु, बस छुट्ने समयका लागि बीटी, अस्पताल खुल्ने दिन र समयका लागि एच टी इत्यादि छोटकरी एसएमएस सिर्जना गर्न र सेवा दिन सकिन्छ ।

प्राकृतिक प्रकोप, राजनीतिक सङ्कट तथा आपत्कालीन अवस्थामा मोबाइल फोन र रेडियोको मेलबाट व्यापक मात्रामा उद्धार कार्य गर्न र अनियमितता, अराजकता रोक्न/घटाउन सकिन्छ । चुनावमा मतदान केन्द्रमा अनियमिता भएको सूचना वा मतदानबाट वञ्चित भएको मतदाताले मोबाइल फोनको उपयोग गरी स्टेसनमा खबर गर्न र स्टेसनले तत्काल समाचार प्रसार गरी सम्बन्धित निकायहरूलाई आवश्यक कदम चाल्न दबाब सिर्जना गर्न सकिन्छ । संयुक्त राज्य अमेरिकामा सन् २००६ को काङ्ग्रेसको चुनावमा मतदानमा भएका धााधली रोक्न मतदाताले मोबाइल फोन र त्यसमा भएको क्यामेराको उपयोग गरेका थिए । नेपालमा सम्पन्न संविधानसभाको चुनावमा मोबाइल फोनकै कारणले गर्दा रेडियोे स्टेसनहरू मतदान केन्द्रहरूको निकट सम्पर्कमा थिए । यसले निर्वाचन सम्पन्न गर्न सघाएको थियो । मोबाइल फोन र रेडियोको मेलबाट उद्धार कार्यलाई प्रभावकारी बनाएका उदाहरण धेरै पाइन्छन् ।

पाल्पामा गाउाले देउराली साप्ताहिकले गाउागाउाबाट समाचार प्राप्त गर्न गाउाले पत्रकार तालिम सञ्चालन गरेर गाउाले पत्रकारहरूको जमात तयार पारेझैा शैक्षिक तथा सार्वजनिक संस्थाका विद्यार्थी, शिक्षक, पदाधिकारीहरूलाई नागरिक पत्रकारिताको आधारभूत तालिम दिएर उनीहरूलाई मोबाइल फोनमार्फत समाचारको सञ्जाल/नेटवर्कमा आबद्ध गरेर रेडियोले समाचार र अन्य कार्यक्रममा विविधता र प्रभावकारिता थप्न सक्छन् । यसमा पनि मोबाइल फोनको एसएमएस सेवाको व्यापक उपयोग गर्न सकिन्छ ।

मोबाइल फोन अन्य कुनै पनि सञ्चार माध्यमको दााजोमा सबैभन्दा द्रुत गतिले विकास गर्ने प्रविधि साबित भएको छ । सस्तो र सजिलोका कारणले पनि यो विश्वका गरिबहरूको सञ्चार साधन बन्दैछ । विश्वको जनसंख्या र मोबाइल फोनको अनुपात हेर्दा अहिले दुई जना मानिसको हातमा एउटा मोबाइल फोन छ । नेपालमा पनि चााडै नै पााचजनाको हातमा एउटा मोबाइलको अनुपात हुादैछ । साथै मोबाइल फोनमा नयाानयाा सुविधा थपिादैछ । एसएमएसबाट अहिले १६० अङ्ग्रेजी क्यारेक्टरको सन्देश पठाउने क्षमतालाई बढाउने र मल्टीमिडिया सन्देश पठाउने प्रविधिको विकास हुादैछ । त्यसपछि मोबाइल फोनमा पनि एकै पल्टमा धेरै समाचार पढ्न र पठाउन सकिनेछ ।

विकासशील मुलुकहरूमा सुलभता र पहुाचको दृष्टिले मोबाइल फोनको तुलना रेडियोसाग गर्न सकिन्छ । सूचना र समाचारमा दोहोरो पहुाचका लागि मोबाइल फोन सर्वाधिक उपयोगी साधन बन्ने कुरा निश्चित छ । नेपालजस्तो विकासशील देशका लागि मोबाइल फोन र रेडियो दुवै वरदानको रूपमा आएको छ । यी दुईको मेलबाट दुवैको उपयोगितालाई धेरै गुना बढाउन सकिन्छ । केवल प्रयोगशील दिमागको खाचो छ । 

 

Back

 
Recent Articles
नयाँ लेख
श्रव्यदृश्य सामग्रीको संरक्षणा राष्ट्रिय दायित्व
अबको सूचना प्रविधि नीति र कार्यक्रम
Towards Community level Access to the Internet for
Freedom of Expression
डिजिटल संचार युगमा जनप्रतिनिधित्व
साइबर स्पेसमा सूचनाको हक
जनसेवी प्रसारणा र विकासशील देशहरूमा यसको उपयोग
सञ्चार स्वप्नद्रष्टा आर्थर सी. क्लार्क
पाल्पाको सन्दर्भमा पत्रकारिताका अवसर र चुनौती

मिडियाको लोकतन्त्रीकरणा र सामाजिक आन्दोलन (मिडिया अध्ययन ४ मा प्रकाशित)

एक्काइसौँ शताब्दीको शक्तिः सूचना र ज्ञान

संवाद, समझदारी र मेलमिलापका लागि मिडिया

लोकतन्त्रमा स्वतन्त्र प्रेस र नागरिक समाज (गोरखापत्र)

इन्टरनेटको खतराबाट केटाकेटीलाई कसरी जोगाउने ?

स्वतन्त्र प्रेसका लागि सूचनाको हक

यस कारण थाहा चाहियो

जनताको हातमा संचार शक्तिको अर्थ

बालसाहित्य सर्जकसमक्ष हाँकहरू

भारतीय जनता पार्टीको आईटी सपना

शक्ति सन्तुलनमा प्रेसको भूमिका

मिडिया र मूल्यमान्यता (Media and Values)

प्रेसः अंगुर निचोर्नेदेखि दिमाग निचोर्नेसम्म

पत्रकारको सुरक्षा कसको दायित्व?

डेनमार्कमा वायु उर्जा

सूचनाको हक र प्रेस

सूचनामा जनताको पहुँचका लागि सूचना व्यवस्थापन

मिडियाको लोकतन्त्रीकरण र सामाजिक आन्दोलन

नेपालको संघीय संरचना र अन्तर्राष्ट्रिय सम्बन्ध

लोकतन्त्रमा सूचनाको हक

विकासको लागि रेडयो र इन्टरनेटको मेल

नयाँ संविधानमा सूचना र संचार

इन्टरनेटमा हीरा कि कीरा ?

संविधान निर्माण धाराका आधारहरूको अभिलेखन र संरक्षण अत्यावश्यक

रेडियो र मोबाइल फोनको मेल

नेपाली च्यानलका अवसर

सुशासन र सूचनाअधिकार

बालबालिकाका लागि रेडियो नाटक

परिवर्तनका लागि मोबाइल फोन

लोकतन्त्रमा सूचनाको हकः अवसर र हाँक

सूचनाअधिकार र प्रेस

जनअधिकारका लागि सूचनाको हक

जनसत्ताका लागि छैटौँ सत्ता

 
नयाँ नेपालमा संचार शक्ति जनताको हातमा

गाउँको विकासमा सूचना तथा संचार प्रविधि

अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र गोपनीयता (०५३-५४)

मिडिया भन्ने कि प्रेस?

ऐतिहासिक गिद्धे प्रेस

सञ्चारको लोकतन्त्रीकरण र पुनःसंरचनाको एजेन्डा

नेपालको पुनःसंरचनामा संचारको भूमिका

नेपालको नवनिर्माणमा बालसाहित्यको भूमिका

सम्विधानसभाका लागि मिडियाको भूमिका

Gaunle Deurali, the First Rural Newspaper of South Asia needs your support.
Please click here and Save It!

Interview on IT broadcast through Radio Sagarmatha
(File Type: Exe, Size: 1.16 MB)
Download Now»

गाउँमा आर्थिक क्रान्तिका लागि मोबाइल फोन

आर्थिक विकासमा मोबाइल फोनको यही महत्वले गर्दा नै चिन, भारत, फिलिपिन्स, दक्षिण कोरिया जस्ता द्रुत गतिले आर्थिक प्रगतितिर लम्किरहेका देशहरूमा मोबाइल फोनको विकासले फडको मारिरहेको छ । ती देशहरूमा कम्प्युटरभन्दा मोबाइल फोनको संख्या, सेवा र व्यवसाय धेरै बढिरहेको छ । अहिले चिनमा सयकडा बीस जनाभन्दा धेरैको हातमा मोबाइल फोन छ । त्यस्तै भारतका गाउँगाउँमा पनि मोबाइल फोन पुग्न थालेको छ ।
भौतिक पूर्वाधारको अभाव, ठूलो लगानी, सुरक्षा आदि विभिन्न कारणले गर्दा नेपालमा गाउँगाउँमा परम्परागत तारयुक्त टेलिफोन पुर्याउनु सजिलो छैन । ताररहित सूचना प्रविधि नै यहाँको लागि सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय हो । रेडियोले एकतर्फी सूचना प्रवाहित गर्छ भने टेलिफोनले दुई तर्फी । यसैलै नेपालमा अहिले बढिरहेको मोबाइल फोनलाई कृषि बजारको विकासँग जोडेर हेर्नु अति आवश्यक छ । बाँकी अंश»

अहिलेको विश्वमा विकास संचारको सान्दर्भिकता

भारतको पूर्वी समुद्र तटीय राज्य पोण्डेचेरीको एउटा गाउँ नाल्लवधुमा सुनामी महाभूकम्पले उत्पन्न गरेको समुद्री छालको पानी पस्यो तर त्यहाँ कसैको पनि मृत्यु भएन । छाल आउनुभन्दा पहिले नै सबै गाउँलेहरू घर छाडेर सुरक्षित ठाउँमा गइसकेका थिए । बाँकी अंश»

कम्प्युटरमा नेपाली र नेपालीमा कम्प्युटर

कम्प्युटरको मनिटर, मेनु र सन्देशहरू देवनागरी लिपिमा नेपाली भाषामा चल्ने वा देखिने नभएसम्म र नेपाली भाषामा दिएको आदेशअनुसार कम्प्युटरले काम नगर्दासम्म अंग्रेजी नजानेका साक्षर नेपालीले कम्प्युटरको उपयोग गर्ने सम्भावना छैन । नेपाली भाषामा कम्प्युटर चलाउने प्रविधि सुरु भयो भने झण्डै आधा जनसंख्याको हाराहारीमा रहेका साक्षर नेपालीहरू कम्प्युटर चलाउनसक्ने अवस्थामा पुग्नेछन् । बाँकी अंश»

 
 
Community Audio Tower, Daanda Bazar, Nepal
Community Audio Tower
Daanda Bazar, Nepal

Empowering Rural People through Communication

In the rural areas of Nepal, schoolbooks of the children, labels and wrappers of the commercial goods and posters and pamphlets during election are the only printed paper the people usually see. If knowledge is the fuel for development, where is that fuel for the majority of the people of Nepal? Read More »

Where are we in the Global Map of IT?

The main vision of the Nepalese IT Policy 2000 is to “Place Nepal on the Global Map of information technology within the next five year.” Where are we in that map after losing three precious years?
Read More »

 
What IT can do in Nepal? How can it help the poor?

Power of IT and Its Use in Nepal is the first book that tries to address these questions. Published in Nepali language, it explains the technical and practical aspects of information technology and its significance for the developing countries like Nepal.The 210 page book costs Rs. 200. Download full Nepali text in PDF file.

 
© Copyright 2003-2009 Vinaya Kumar Kasajoo. All Rights Reserved. Website designed, maintained & promoted by Dreams & Ideas .